नेपालमा थप २१०३ जनामा कोरोना संक्रमण, २८५८ संक्रमणमुक्त(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

52
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप २१ सय तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ। यससँगै हालसम्म कुल संक्रमितको संख्या दुई लाख १५ हजार २० पुगेको छ।

सक्रिय संक्रमितको संख्या २८ हजार १०६ रहेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार बिहीबार देशभर २८ सय ५८ जना संक्रमित कोरोनामुक्त भएका छन्। यससँगै कोरोनामुक्त हुनेहरूको कुल संख्या एक लाख ८५ हजार ६३८ छ।

त्यस्तै, पछिल्लो २४ घण्टामा थप १७ संक्रमितको मृत्यु भएको छ। यससँगै मृत्यु हुनेहरूको कुल संख्या १२ सय ७६ पुगेको छ।

मन्त्रालयको अनुसार २४ घण्टामा देशभरका विभिन्‍न ल्याबमा ९ हजार ८०५ नमुना परीक्षण भएको छ। यससँगै हालसम्म देशभर १६ लाख ३३ हजार ५ सय ५९ पीसीआर परीक्षण गरिएको छ ।


  •  
  •  
  •