कोभिड-१९(अपडेट): ५ करोड ६५ लाख संक्रमितमध्ये ३ करोड ९३ लाख संक्रमणमुक्त

58
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमित ५ करोड ६५  लाख ८३ हजार ५० मध्ये ३ करोड ९३ लाख ७० हजार ९८६ जना उपचारपछि निको भएका छन् ।वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १३ लाख ५५ हजार  १४७ पुगेको छ भने सक्रिय संक्रमितको संख्या १ करोड ५८ लाख ५६ हजार ९१७ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड १७ लाख ७३ हजार ८६३ जना पुगेको छ । २ लाख ५६ हजार २६२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ७१ लाख ६६ हजार ९९६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४४ लाख ५० हजार ६०५ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८९ लाख ५८ हजार ४८३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ३१ हजार ६१८ पुगेको छ । ८३ लाख ८३ हजार ६०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४३ हजार २६३ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५९ लाख ४७ हजार ४०३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६७ हजार ४९७ को मृत्यु भएको छ । ५३ लाख ८९ हजार ८६३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ९० हजार ४३ जना रहेका छन् ।

फ्रान्समा २० लाख ६५ हजार १३८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४६ हजार ६९८ जनाको मृत्यु भएको छ । १ लाख ४५ हजार ३९१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १८ लाख ७३ हजार ४९ जना रहेका छन् ।

रुसमा १९ लाख ९१ हजार ९९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३४ हजार ३८७ जनाको मृत्यु भएको छ । १५ लाख १ हजार ८३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५६ हजार ५२८ जना रहेका छन् ।


  •  
  •  
  •