कोरोनाका कारण विदेशबाट फर्किएकाको विवरण सङ्कलन गरिँदै

54
  •  
  •  
  •  

काठमाडौं । सरकारले कोभिड–१९ का कारण विदेशबाट फर्किएका व्यक्तिको विवरण सङ्कलन गर्ने भएको छ ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सबै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई पत्र लेख्दै कोरोनाका कारण विदेशबाट फर्किएका १८ वर्षदेखि ५९ वर्ष उमेर समूहका व्यक्तिको विवरण दश दिनभित्र पठाउन निर्देशन दिएको छ ।

मन्त्रालयका सहसचिव विष्णुदत्त गौतमका अनुसार ७ सय ५३ वटै पालिकाका प्रमुख प्रशासकीय अधिकृतलाई मङ्सिर १३ गतेभित्र विवरण पठाउन निर्देशन भनिएको छ ।

पत्रमा कोभिड–१९ को कारणबाट भारत लगायत अन्य देशबाट रोजगारी गुमाएका र अध्ययन गरी फर्किएका शिक्षित तथा दक्ष बेरोजगार र १८ देखि ५९ वर्ष उमेर समूहका बेरोजगार व्यक्तिको विवरण पठाउन भनिएको छ ।

विवरणमा विदेशमा रहँदा संलग्न भएको सीप वा तालिम, कुन देशबाट फर्किएको, फर्कनुको कारण (रोजगार गुमाएको,अध्ययन गरी फर्किएको) उल्लेख गर्नुपर्नेछ ।


  •  
  •  
  •