अमेरिकी कम्पनी मोडेर्नाको कोरोनाविरुद्धको खोप झण्डै ९५ प्रतिशत सुरक्षित

64
  •  
  •  
  •  

एजेन्सी । अमेरिकी औषधि कम्पनी मोडेर्नाले आफूले विकास गरेको खोपले कोभिड–१९ बाट झण्डै ९५ प्रतिशत सुरक्षा दिने प्रारम्भिक तथ्याङ्कले देखाएको छ ।  केही दिनअघि मात्र फाइजर कम्पनीले आफ्नो खोपले ९० प्रतिशतसम्म सुरक्षा दिने बताए लगत्तै आएको यो पछिल्लो परिणामबाट कोरोना नियन्त्रणमा खोपप्रतिको आत्मविश्वास बढेको छ ।

यी दुवै कम्पनीले खोप विकास गर्न अत्यन्त नवीनतम प्रयोगहरू गरेको बताइएको छ ।
खोपको उपलब्धिलाई लिएर मोडेर्नाले यो ‘ठूलो दिन’ भएको बताएको छ । साथै अबको केही हप्ताभित्र खोप प्रयोग गर्नका लागि अनुमति लिन आवेदन दिने जनाएको छ ।

यद्यपि यो अझै पनि प्रारम्भिक डाटा हो र मुख्य प्रश्न अनुत्तरित छ ।

यो खोपको परीक्षणमा ३० हजार अमेरिकी सहभागी भएका थिए, तीमध्ये आधालाई दुई खेप खोप लगाइएको थियो भने बाँकीलाई ‘डम्मी’ खोप लगाइएको थियो ।

सहभागीमध्ये ९५ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो नतिजा निस्किएको कम्पनीले जनाएको छ । सहभागीमध्ये पाँच जनालाई वास्तविक खोप र ९० जनालाई डम्मी खोप दिइएको जनाइएको छ । खोपले ९४ दशमलव ५ प्रतिशतसम्म सुरक्षा दिने कम्पनीले जनाएको छ ।

परीक्षणमा सहभागीमध्ये ११ वटा कोभिडसँग सम्बन्धित समस्या देखिएको तर खोपको खेप नदिइएकामा केही समस्या देखिएन । यसैबीच मोडेर्नाको खोप भण्डारण फाइजर कम्पनीभन्दा सहज हुने बताइएको छ ।


  •  
  •  
  •