पछिल्लो २४ घण्टामा कोरोना संक्रमितभन्दा निको हुनेको संख्या बढी

२१११ जनामा संक्रमण, ३५३७ संक्रमित डिस्चार्ज
50
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमित हुने भन्दा निको हुनेको संख्या धेरै रहेको छ। आज थप २१११ जनामा कोरोना संक्रमण पुष्टि भएको छन् भने ३५३७ जना संक्रमित निको भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २०६३५३ जना पुगेको छ । त्यसमध्ये १६८१२९ जना निको भएका छन्।

हाल मुलुकमा ३७०२२ जना कोरोनाका सक्रिय संक्रमितहरू रहेका छन्। त्यस्तै ९८६ जना क्वारेन्टिनमा रहेका छन्। आज देशभर जम्म ९०५३३ नमूना पीसीआर परीक्षण भएको छ।  हालसम्म मुलुकमा १५९३८५० वटा नमूना पीसीआर परीक्षण गरिएका छन्। पछिल्लो २४ घण्टामा १३ कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जनाएको छ । कोरोनाका कारण मृत्यु हुनेको संख्या १ हजार २०२ पुगेको छ ।


  •  
  •  
  •