नेपालमा थप १९१३ जना कोरोना संक्रमित हुँदा ३३४० जना डिस्चार्ज

62
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप एक हजार ९१३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर एक हजार ९१३ संक्रमित थपिएका हुन् । योसँगै हाल देशभर कुल संक्रमितको संख्या दुई लाख चार हजार २४२ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ४६१ रहेको छ । पछिल्लो २४ घण्टामा दुई हजार ३४० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ६४ हजार ५९२ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १५ लाख ८४ हजार ३१७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

हालसम्म देशभर ९७४ जना क्‍वारेन्टिनमा रहेका छन् । पछिल्लो २४ घण्टामा देशभर १५ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १८९ पुगेको छ ।


  •  
  •  
  •