कोभिड-१९(अपडेट): संक्रमितको संख्या ५ करोड २४ लाख नाघ्यो, ३ करोड ६७ लाख संक्रमणमुक्त

70
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितकाे संख्या ५ करोड २४ लाख ४८ हजार ९४ ५ पुगेको छ ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ९० हजार  ५६७ पुगेको छ  भने ३ करोड ६७ लाख ७ हजार ४६७ जना उपचारपछि निको भएका छन् । विश्वभर हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४४ लाख ८६ हजार ९११ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ७ लाख ८ हजार ७२८ जना पुगेको छ । २ लाख ४७ हजार ३९८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६६ लाख ४८ हजार ७०५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३८ लाख १२ हजार ६२५ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख ८४ हजार ३९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २८ हजार १६५ पुगेको छ । ८० लाख ६४ हजार ५४८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ९१ हजार ३२६ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५७ लाख ४९ हजार ००७ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६३ हजार ४०६ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २१ हजार २५७ जना रहेका छन् ।

रुसमा १८ लाख ५८ हजार ५६८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३२ हजार ३२ जनाको मृत्यु भएको छ । १३ लाख ८८ हजार १६८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३८ हजार ३६८ जना रहेका छन् ।

फ्रान्समा १८ लाख ६५ हजार ५३८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४२ हजार ५३५ जनाको मृत्यु भएको छ । १ लाख ३३ हजार ६९६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख ८९ हजार ३०७ जना रहेका छन् ।


  •  
  •  
  •