नेपालमा दुई लाखबढी कोरोना संक्रमित, एक लाख ६२ हजार डिस्चार्ज

57
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या दुई लाख नाघेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार ५६९ संक्रमित थपिएसँगै संक्रमितको संख्या दुई लाख नाघेको हो । मन्त्रालयका अनुसार नेपालमा कुल संक्रमितको संख्या दुई लाख दुई हजार ३२९ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३८ हजार ९१२ रहेको छ ।
पछिल्लो २४ घण्टामा एक हजार ६६६ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ६२ हजार २४३ पुगेको छ ।

देशभर आजसम्म १५ लाख ७४ हजार २९५ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार १०९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

 


  •  
  •  
  •