कोभिड-१९(अपडेट): संक्रमितको संख्या ५ करोड १८ लाख नाघ्यो, ३ करोड ६४ लाख संक्रमणमुक्त

58
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितकाे संख्या ५ करोड १८ लाख ५७ हजार ४७४ पुगेको छ ।

वर्ल्डोमीटरका अनुसार कोरोनासंक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ लाख ८० हजार  ४४८ पुगेको छ भने ३ करोड ६४ लाख २६ हजार ८१५ जना उपचारपछि निको भएका छन् । विश्वभर हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ४१ लाख ५० हजार २११ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ५ लाख ६८ हजार ७१४ जना पुगेको छ । २ लाख ४५ हजार ९४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६६ लाख २ हजार ५१७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३७ लाख २० हजार २५४ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८६ लाख ३६ हजार ११ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार ६१५ पुगेको छ । ८० लाख १३ हजार ७८३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ९४ हजार ६१३ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५७ लाख १ हजार २८३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६२ हजार ८४२ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७४ हजार ९७ जना रहेका छन् ।

रुसमा १८ लाख ३६ हजार ९६० जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३१ हजार ५९३ जनाको मृत्यु भएको छ । १३ लाख ६९ हजार ३५७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३६ हजार १० जना रहेका छन् ।

फ्रान्समा १८ लाख २९ हजार ६५९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४२ हजार २०७ जनाको मृत्यु भएको छ । १ लाख ३१ हजार ९२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख ५५ हजार ५३२ जना रहेका छन् ।


  •  
  •  
  •