नेपालमा थप ८५३ जना संक्रमणमुक्त, निको हुनेको संख्या १ लाख ६० हजार ५७७ पुग्यो

२७३६ जना संक्रमित, २२ जनाको मृत्यु
57
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप ८५३ जना कोरोना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ७ सय ३६ जना कोरोना संक्रमित देखिएकोमा ८५३ जना निको भएका हुन् । नेपालमा हालसम्म १ लाख ६० हजार ५७७ जना निको भएका छन्।

यस्तै नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९९ हजार ७६० पुगेको छ। मंगलबार देशभर ३८ हजार ३५ जना सक्रिय संक्रमित छन्। पछिल्लो २४ घन्टामा २२ जना संक्रमितको मृत्यु भएको छ। योसँगै मृत्यु हुने संक्रमितको संख्या ११४८ पुगेको छ।

हेर्नुहोस्

 


  •  
  •  
  •