कोभिड-१९(अपडेट): ३ करोड ६० लाख संक्रमणमुक्त

72
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितमध्ये ३ करोड ६० लाखबढी संक्रमणमुक्त भएका छन् । वर्ल्डोमीटरका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या ५ करोड १२ लाख ५९ हजार ७७१ पुगेको छ भने ३ करोड ६० लाख ६६ हजार १२४ जना उपचारपछि निको भएका छन् ।
कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ६९ हजार ५७१ पुगेको छ । विश्वभर हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३९ लाख २४ हजार ७६ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड ४ लाख २२ हजार २६ जना पुगेको छ । २ लाख ४४ हजार ४४९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६५ लाख ५२ हजार ७६४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३६ लाख २४ हजार ८१३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दोस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ९१ हजार ७३० पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २७ हजार १०४ पुगेको छ । ७९ लाख ५९ हजार ४०६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ५ हजार २२० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५६ लाख ७५ हजार ७६६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६२ हजार ६३८ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४८ हजार ७८४ जना रहेका छन् ।

फ्रान्समा १८ लाख ७ हजार ४७९ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४० हजार ९८७ जनाको मृत्यु भएको छ । १ लाख २९ हजार ७३५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख ३६ हजार ७५७ जना रहेका छन् ।

रुसमा १७ लाख ९६ हजार १३२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ७९३ जनाको मृत्यु भएको छ । १३ लाख ३५ हजार १४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३० हजार १९८ जना रहेका छन् ।


  •  
  •  
  •