नेपालमा थप २५७१ जनामा कोरोना संक्रमण, १७९८ जना डिस्चार्ज(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

351
  •  
  •  
  •  

काठमाडौं । नेपालमा सोमबार थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २५७१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यससँगै नेपालमा कोरोना संक्रमितको संख्या १९७०२४ पुगेको छ। मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या ३६१७४ जना रहेको छ । साथै ९६७ जना  क्वारेन्टिनमा रहेका छन्।

त्यस्तै सोमबार थप १७९८ जना डिस्चार्ज भएका छन् । यससँगै हालसम्म कोरोना संक्रमण भएर निको हुनेको संख्या १५९७२४ पुगेको छ।

मन्त्रालयका अनुसार आज १११७७ जनाको पीसीआर परीक्षण गरिएको छ। यससँगै हालसम्म मुलकमा १५५१२५४ जनाको कोरोना परीक्षण भएको छ।

पछिल्लो २४ घण्टामा देशभर १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या एक हजार १२६ पुगेको छ ।

हेर्नुहोस् कहाँ, कति संक्रमित ?

 


  •  
  •  
  •