कोरोना संक्रमणका कारण विदेशमा थप १६ नेपालीको मृत्यु

736
  •  
  •  
  •  

काठमाडौं । कोभिड–१९ को संक्रमणका कारण विदेशमा यस साता थप १६ नेपालीको मृत्यु भएको छ । गैरआवासीय नेपाली संघ, स्वास्थ्य समितिका अनुसार यस साता कतारमा आठ, यूएईमा पाँच र कुवेतमा तीन जनाको मृत्यु भएको हो ।

कतारमा मृत्यु भएका आठमध्ये दुई जनाको मृत्यु हुनुअघि कोरोना सङ्क्रमण पुष्टि भएको र बाँकी छ जनाको मृत्युपछि कोरोना पोजेटिभ देखिएको समितिले जनाएको छ । शनिबार साँझसम्म १४ देशमा १६० नेपालीको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको समितिका संयोजक डा.सञ्जीव सापकोटाले जानकारी दिए।

संघका अनुसार जम्मा कोराना सङ्क्रमित नेपालीमध्ये ९३ प्रतिशत कोरोना सङ्क्रमणबाट मुक्त भएका छन् । अफ्रिकी मुलुकमा कोरोना भाइरसबाट सङ्क्रमित नेपालीमध्ये सबै मुक्त भएका छन् । साथै मध्यपूर्वका केही देशमा रहेका नेपालीमा भने अझै कोरोना भाइरसको सङ्क्रमण नरोकिएको संघले आइतबार विज्ञप्तिमार्फत जनाएको छ ।

हालसम्म विभिन्न देशमा कूल ३० हजार ५७१ सङ्क्रमित नेपालीमध्ये २८ हजार ६८१ जना सङ्क्रमणमुक्त भएको संघको तथ्याङ्क छ ।
 यसैगरी भारत, साउदी अरेबिया, युएई र कुवेतमा मात्र यस साता ९५० नेपालीमा कोरोना सङ्क्रमण देखिएको समितिले जनाएको छ ।


  •  
  •  
  •