कोभिड-१९(अपडेट): संक्रमितको संख्या ५ करोड ७लाख नाघ्यो, १२ लाख बढीको मृत्यु

३ करोड ५८ लाख संक्रमणमुक्त, १ करोड ३७ लाख सक्रिय संक्रमित
79
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ७ लाख ८१ हजार ३५७ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ६२ हजार ७३३ पुगेको छ । विश्वभर ३ करोड ५८ लाख १३ हजार ६४० जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड ३७ लाख ४ हजार ९८४ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड २ लाख ८८ हजार ४८० जना पुगेको छ । २ लाख ४३ हजार ७६८ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६४ लाख ८३ हजार ४२० जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३५ लाख ६१ हजार २९२ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ५३ हजार ८६४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार ६५३ पुगेको छ । ७९ लाख १७ हजार ३७३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ९ हजार ८३८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५६ लाख ६४ हजार ११५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६२ हजार ३९७ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३७ हजार ३७४ जना रहेका छन् ।

रुसमा १७ लाख ९६ हजार १३२ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ७९३ जनाको मृत्यु भएको छ । १३ लाख ३५ हजार १४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३० हजार १९८ जना रहेका छन् ।

फ्रान्समा १७ लाख  ८७  हजार ३२४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४० हजार ४३९ जनाको मृत्यु भएको छ । १ लाख २८ हजार ६१४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १६ लाख १८ हजार २७१ जना रहेका छन् ।


  •  
  •  
  •