कोभिड-१९(अपडेट): संक्रमितको संख्या ५ करोड २ लाख नाघ्यो, ३ करोड ५५ लाख संक्रमणमुक्त

67
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ५ करोड ३ लाख ३ हजार ६२९ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ५६ हजार ९१० पुगेको छ । विश्वभर ३ करोड ५५ लाख  ७९ हजार ९८ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, ३४ लाख ६६ हजार ९१२ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित १ करोड १ लाख ८५  हजार १२ जना पुगेको छ । २ लाख ४३ हजार २६९ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६४ लाख ४२ हजार  ९४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३४ लाख ९९ हजार  ६४९ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८५ लाख ७ हजार ७५४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २६ हजार १६२ पुगेको छ । ७८ लाख ६८ हजार  ९६८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख १२ हजार ६२४ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५६ लाख ५३ हजार ५६१ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६२ हजार २८६ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख २६  हजार ९३१ जना रहेका छन् ।

रुसमा १७ लाख ७४ हजार ३३४ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३० हजार ५३७ जनाको मृत्यु भएको छ । १३ लाख २४ हजार ४१९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख १९ हजार ३७८ जना रहेका छन् ।

फ्रान्समा १७ लाख ४८  हजार ७०५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ४० हजार १६९ जनाको मृत्यु भएको छ । १ लाख २७ हजार ९३८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १५ लाख ८० हजार ५९८ जना रहेका छन् ।


  •  
  •  
  •