कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ९० लाख नाघ्यो, ३ करोड ५० लाख संक्रमणमुक्त

70
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ९० लाख ७७ हजार २५० पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख  ४० हजार ३६९ पुगेको छ । विश्वभर ३ करोड ५० लाख  १८ हजार ५७९ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, २८ लाख १८ हजार ३०२ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९९ लाख २६ हजार ३३० जना पुगेको छ । २ लाख ४१ हजार २६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६३ लाख ४१ हजार  ६०३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३३ लाख ४३ हजार  ७०१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८४ लाख ११ हजार ७२४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २५ हजार २९ पुगेको छ । ७७ लाख ६५ हजार  ९६६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २० हजार ७२९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५६ लाख १४ हजार २५८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६१ हजार ७७९ को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ८८  हजार १३५ जना रहेका छन् ।

रुसमा १७ लाख ३३ हजार ४४०  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २९ हजार ८८७ जनाको मृत्यु भएको छ । १२ लाख ९६ हजार १२४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ७ हजार ४२९ जना रहेका छन् ।

फ्रान्समा १६ लाख १  हजार ३६७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३९ हजार ३७ जनाको मृत्यु भएको छ । १ लाख २४ हजार २७८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १४ लाख ३८ हजार ५२ जना रहेका छन् ।


  •  
  •  
  •