कोरोनाको निःशुल्क उपचार गर्न सरकारलाई निर्देशन

86
  •  
  •  
  •  

काठमाडौं । संसद्‌को शिक्षा तथा स्वास्थ्य समितिले कोरोना भाइरसको उपचार सबैलाई निःशुल्क गर्न सरकारलाई निर्देशन दिएको छ ।

फाइल तस्बिर

समितिको शुक्रबारको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिवलाई छलफलका लागि बोलाइएको थियो । समितिले मन्त्रालयका सचिवलाई निर्देशन दिँदै कोभिड–१९ को उपचार निस्शुल्क गर्न निर्देशन दिएको हो ।

जवाफमा मन्त्रालयका सचिवले कोभिड–१९ रोगको उपचार निःशुल्क गर्ने प्रस्ताव मन्त्रिपरिषद्‌मा लैजान लागेको जानकारी गराएका थिए ।

यसअघि सर्वोच्च अदालतले पनि कोरोना संक्रमितको पीसीआर तथा उपचार निशुल्क गर्न सरकारलाई परमादेश दिएको थियो। आदेशविरुद्ध सरकारले दायर गरेको पुनरावेदन सर्वोच्चले बुधबार खारेज गरेको थियो।


  •  
  •  
  •