नेपालमा थप ३०५१ जनामा कोरोना संक्रमण, ३४३० जना डिस्चार्ज, १८ को मृत्यु(हेर्नुहोस् कहाँ कति संक्रमित ? )

74
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ५१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै कुल संक्रमितको संख्या एक लाख ८५ हजार ९७४ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ५१४ रहेको छ । बिहीबार तीन हजार ४३० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या एक लाख ४८ हजार ४०८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर दशमलव प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार ६८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १५ लाख ७ हजार १९० जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभर २९ हजार ५७४ जना होम आइसोलेसनमा छन् । आजसम्म देशभर एक हजार २३२ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७४ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ४२८ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

पछिल्लो २४ घण्टामा देशभर थप १८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १०५२ पुगेको छ ।

कहाँ कति संक्रमित ?

 


  •  
  •  
  •