कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ८४ लाख नाघ्यो, ३ करोड ४७ लाख संक्रमणमुक्त

76
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ८४ लाख ८७ हजार ४७० पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ३१ हजार ८२५ पुगेको छ ।  विश्वभर ३ करोड ४७ लाख  ४९ हजार ३१२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, २५ लाख ६ हजार ३३३ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९८ लाख २ हजार ३७४ जना पुगेको छ । २ लाख ३९ हजार ८४२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६२ लाख ९३ हजार  १३२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३२ लाख ६९ हजार  ४०० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख ६४ हजार ८६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २४ हजार ३५४ पुगेको छ । ७७ लाख ११ हजार  ८०९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख २७ हजार ९२३ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५५ लाख ९० हजार ९४१ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६१ हजार १७० को मृत्यु भएको छ । ५० लाख ६४ हजार ३४४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ६५  हजार ४२७ जना रहेका छन् ।

रुसमा १७ लाख १२ हजार ८५८  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २९ हजार ५०९ जनाको मृत्यु भएको छ । १२ लाख ७९ हजार १६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४ हजार १८० जना रहेका छन् ।

फ्रान्समा १५ लाख ४३  हजार ३२१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३८ हजार ६७४ जनाको मृत्यु भएको छ । १ लाख २२ हजार ६६२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १३ लाख ८१ हजार ९८५ जना रहेका छन् ।


  •  
  •  
  •