नेपालमा थप ३३०९ जनामा कोरोना संक्रमण, ३८४४ जना डिस्चार्ज

७८ जनाको भेन्टिलेटर, ३७९ जना आईसीयूमा राखेर उपचार
48
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप तीन हजार ३०९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा देशभर तीन हजार ३०९ जनामा संक्रमण देखिएको हो । यससँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख ८२ हजार ९२३ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३६ हजार ९११ रहेको छ । पछिल्लो २४ घण्टामा ३८४४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । हालसम्म हुनेको संख्या एक लाख ४४ हजार ८७८ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७९ दशमलव २ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार १४१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ९४ हजार १२२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८० जना र होम आइसोलेसनमा ३० हजार १३१ जना रहेका छन् । आजसम्म देशभर एक हजार ३०५ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि मंगलबार देशभर तीन हजार ११४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १४२ जना डिस्चार्ज भएका थिए । मंगलबार देशभर कोरोना भाइरसको संक्रमणा २० जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •