कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ७८ लाख नाघ्यो, ३ करोड ४३ लाख संक्रमणमुक्त

79
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ७८ लाख ९४ हजार ६०४ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख २१ हजार ३३५  पुगेको छ ।  विश्वभर ३ करोड ४३ लाख  ८६ हजार ११९ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, २२ लाख ८७ हजार १५० जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९६ लाख ९३ हजार ६३२ जना पुगेको छ । २ लाख ३८ हजार ६५६ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६२ लाख ३७ हजार  २७१जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३२ लाख १७ हजार  ७०५ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८३ लाख १३ हजार ८७६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार ६५० पुगेको छ । ७६ लाख ५६ हजार  ४७८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ३३ हजार ७४८ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५५ लाख ६७ हजार १२६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६० हजार ५४८ को मृत्यु भएको छ । ५० लाख २८ हजार २१६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ७८ हजार ३६२ जना रहेका छन् ।

रुसमा १६ लाख ९३ हजार ४५४  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २९ हजार २१७ जनाको मृत्यु भएको छ । १२ लाख ६६ हजार ९३१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ९७ हजार ३०६ जना रहेका छन् ।

फ्रान्समा १५ लाख २  हजार ७६३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३८ हजार २८९ जनाको मृत्यु भएको छ । १ लाख २० हजार ७१४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १३ लाख ४३ हजार ७६० जना रहेका छन् ।

 

 


  •  
  •  
  •