नेपालमा थप ३११४ जनामा कोरोना संक्रमण, ३१४२ जना डिस्चार्ज, २० जनाको मृत्यु

56
  •  
  •  
  •  

काठमाडौं । नेपालमा मंगलबार थप ३११४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११४ संक्रमित थपिएका हुन् । योसँगै कुल संक्रमितको संख्या एक लाख ७९ हजार ६१४ पुगेको छ ।

पछिल्लो २४ घण्टामा देशभर २० जनाको मृत्यु भएको छ । हाल मृत्यु हुनेको संख्या एक हजार ४ जनाको मृत्यु भएको छ ।
देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ४७६ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १४२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ४१ हजार १३४ जना डिस्चार्ज भएका छन् ।

हालसम्म १४ लाख ८० हजार ९७८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म देशभर एक हजार २७७ जना क्‍वारेन्टिनमा रहेका छन् ।

यसअघि सोमबार देशभर दुई हजार ९३३ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार १५० जना डिस्चार्ज भएका थिए ।


  •  
  •  
  •