कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ७३ लाख नाघ्यो, ३ करोड ४० लाख संक्रमणमुक्त

70
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ७३ लाख ६३ हजार ९८५ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख १२ हजार ११६  पुगेको छ । विश्वभर ३ करोड ४० लाख  ६० हजार २४१ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, २० लाख ९१ हजार ६२८ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९५ लाख ६७ हजार ५४३ जना पुगेको छ । २ लाख ३६ हजार ९९७ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६१ लाख ७१ हजार  ४०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३१ लाख ५९ हजार  ११४ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख ६७ हजार ६२३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २३ हजार १३९ पुगेको छ । ७६ लाख ३ हजार  १२१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ४१ हजार ३६३ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५५ लाख ५४ हजार २०६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६० हजार २७२ को मृत्यु भएको छ । ४९ लाख ८० हजार ९४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख १२ हजार ९९२ जना रहेका छन् । रुसमा १६ लाख ७३ हजार ६८६  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २८ हजार ८२८ जनाको मृत्यु भएको छ । १२ लाख ५१ हजार ३६४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ९३ हजार ४९४ जना रहेका छन् ।

फ्रान्समा १४ लाख ६६  हजार ४३३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार ४३५ जनाको मृत्यु भएको छ । १ लाख १९ हजार १०४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १३ लाख ९ हजार ८९४ जना रहेका छन् ।

 

 


  •  
  •  
  •