काठमाडौं उपत्यकामा थप एक हजार ६३० जनामा कोरोना संक्रमण

77
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ६३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोना संक्रमितमध्ये ७०२ महिला र ९२८ पुरुष रहेका छन् । काठमाडौंमा मात्र हालसम्म १६ हजार ११८ सक्रिय कोरोना भाइरस सक्रमित रहेका छन् भने २४३ जनाको मृत्यु भएको छ ।

त्यसैगरी भक्तपुरमा हालसम्म एक हजार ३३ जना सक्रिय संक्रमित रहेका छन् भने ६७ जनाको मृत्यु भएको छ । ललितपुरमा दुई हजार २८८ सक्रिय संक्रमित रहेका छन् भने हालसम्म ६३ जनाको संक्रमणबाट मृत्यु भएको छ ।

काठमाडौंमा १० हजार ७९७ होम आइसोलेसनमा छन् भने भक्तपुरमा एक हजार ७१९ र ललितपुरमा दुई हजार २५७ जना होम आइसोलेसनमा रहेका छन् ।
यसअघि आइतबार उपत्यकामा १६२२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •