नेपालमा थप दुई हजार ९३३ जनामा कोरोना संक्रमण, ३१५० जना डिस्चार्ज (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

69
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप दुई हजार ९३३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर दुई हजार ९३३ संक्रमित थपिएका हुन् । यससँगै कुल संक्रमितको संख्या एक लाख ७६ हजार ५०० पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३७ हजार ५२४ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार १५० जना डिस्चार्ज भएका छन् । योसँगै हाल डिस्चार्ज हुनेको संख्या एक लाख ३७ हजार ९९२ जना पुगेको छ ।

देशभरका प्रयोगशालाहरुमा हालसम्म १४ लाख ६९ हजार ८१२ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभर दुई हजार ११९ जना क्‍वारेन्टिनमा रहेका छन् ।

पछिल्लो २४ घण्टामा देशभर २४ जनाको मृत्यु भएको छ । कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ९८४ पुगेको छ ।

यसअघि आइतबार देशभर दुई हजार ८२४ कोरोना भाइरस संक्रमित थपिएका थिए भने तीन हजार ६२० जना डिस्चार्ज भएका थिए । देशभर कोरोना भाइरसको संक्रमणबाट २३ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •