कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ६८ लाख नाघ्यो,३ करोड ३७ लाख संक्रमणमुक्त

70
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ६८ लाख ३४ हजार ४९७ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ५ हजार ४३२  पुगेको छ । विश्वभर ३ करोड ३७ लाख  ६२ हजार २१६ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, १८ लाख ६६ हजार ८४९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९४ लाख ७४ हजार ८४५ जना पुगेको छ । २ लाख ३६ हजार ४७३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६१ लाख ४ हजार १३१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३१ लाख ३४ हजार  २४१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८२ लाख २९ हजार ३२२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार ६४२ पुगेको छ । ७५ लाख ४४ हजार ७९८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ६१ हजार ८८२ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५५ लाख ४५ हजार ७०५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ६० हजार १०४ को मृत्यु भएको छ । ४९ लाख ८० हजार ९४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ४ हजार ६५९ जना रहेका छन् ।

रुसमा १६ लाख ३६ हजार ७८१  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २८ हजार २३५ जनाको मृत्यु भएको छ । १२ लाख २५ हजार ६७३  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ८२ हजार ८७३ जना रहेका छन् ।

फ्रान्समा १४ लाख १३ हजार ९१५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३७ हजार १९ जनाको मृत्यु भएको छ । १ लाख १८ हजार २२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १२ लाख ५८ हजार ६६९ जना रहेका छन् ।

 

 


  •  
  •  
  •