नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७ हजार ६ सय ५८ पुग्याे

155
  •  
  •  
  •  

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप एक सय ५६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले थप एक सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको जानकारी गराए ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १७ हजार ६५८ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ५ हजार ९२३ रहेको छ ।

नेपालमा भोजपुर, पाँचथर, धनकुटा, रसुवा मनाङ, मुस्ताङ, जुम्ला र जुम्लामा कोरोना संक्रमण शून्य रहेको छ । पाँच सय भन्दा सक्रिय संक्रमित रहेका जिल्लामा रौतहट, कैलाली र बाजुरा रहेका छन् ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ५८ जना कोरोना संक्रमितको उपचारपछि निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै देशभरबाट ११ हजार ६९५ जनाको उपचारपछि डिस्चार्ज भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका २७ प्रयोगशालामार्फत ३ हजार ७४१ जनाको पीसीआर परीक्षण गरिएको छ । नेपालमा दुई लाख हजार जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको छ ।

देशभरका २२ हजार ६६२ क्‍वारेन्टिनमा रहेका छन् भने हजार जना कोरोना संक्रमित आइसोलेसनमा छन् ।


  •  
  •  
  •