नेपालमा थप २८२४ जनामा कोरोना संक्रमण, ३६२० जना संक्रमणमुक्त

७८ को भेन्टिलेटर र २८३ जनाको आईसीयूमा राखेर उपचार
61
  •  
  •  
  •  

काठमाडौं । नेपालमा आइतबार थप दुई हजार ८२४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर दुई हजार ८२४ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै देशभर कुल संक्रमितको संख्या एक लाख ७३ हजार ५६७ पुगेको छ ।

हालसम्म नेपालमा सक्रिय संक्रमितको संख्या ३७ हजार ४६५ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ६२० जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म एक लाख ३४ हजार ८४२ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ७७ दशमलव ७ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १३ हजार २३ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ५६ हजार ३६६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ६ हजार ७८९ जना र होम आइसोलेसनमा ३० हजार ९८६ जना रहेका छन् । आजसम्म देशभर दुई हजार ३८६ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २८३ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यसअघि शनिबार देशभर दुई हजार ५०८ कोरोना भाइरस संक्रमित थपिएका थिए भने दुई हजार २६४ जना डिस्चार्ज भएका थिए । शनिबार देशभर कोरोना संक्रमणबाट १७ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •