कोभिड-१९(अपडेट): संक्रमितको संख्या ४ करोड ६४ लाख नाघ्यो, १२ लाखको मृत्यु

३ करोड ३५ लाख उपचारपछि निको, सक्रिय संक्रमितको संख्या १ करोड १७ लाख पुग्याे
92
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ४ करोड ६४ लाख २५ हजार ७० पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १२ लाख ८१० पुगेको छ । विश्वभर ३ करोड ३५ लाख  ३ हजार ६०८ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या १ करोड, १७ लाख २० हजार ६५२ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ९४ लाख २ हजार ५९० जना पुगेको छ । २ लाख ३६ हजार ७२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ६० लाख ६२ हजार ४३८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३१ लाख ४ हजार ८० जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ८१ लाख ८४ हजार ८२ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख २२ हजार १४९ पुगेको छ । ७४ लाख ९१ हजार ५१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ५ लाख ७० हजार ४२० जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५५ लाख ३५ हजार ६०५ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५९ हजार ९०२ को मृत्यु भएको छ । ४९ लाख ७२ हजार ८९८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख २ हजार ८०५ जना रहेका छन् ।

रुसमा १६ लाख ३६ हजार ७८१  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २८ हजार २३५ जनाको मृत्यु भएको छ । १२ लाख २५ हजार ६७३  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ३ लाख ८२ हजार ८७३ जना रहेका छन् ।

फ्रान्समा १३ लाख ६७ हजार ६२५ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३६ हजार ७८८ जनाको मृत्यु भएको छ । १ लाख १७ हजार ६५८ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १२ लाख १३ हजार १७९ जना रहेका छन् ।


  •  
  •  
  •