नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि, दुई हजार २६४ जना डिस्चार्ज (हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

६९ को भेन्टिलेटर र २९६ जनाको आईसीयूमा राखेर उपचार
79
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप दुई हजार ५०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.जागेश्‍वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप दुई हजार ५०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । यससँगै हाल देशभर कुल संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३८ हजार ५८४ रहेको छ । शनिबार थप दुई हजार २६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हालसम्म डिस्चार्ज हुनेको संख्या एक लाख ३१ हजार २२२ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७६ दशमलव ९ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा ९ हजार २७९ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १४ लाख ४३ हजार ३४३ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसनमा ७ हजार ५७६ जना र होम आइसोलेसनमा ३१ हजार ८ जना रहेका छन् । देशभर तीन हजार जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६९ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २९६ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यसअघि शुक्रबार थप ३ हजार ५ सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •