काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना संक्रमण

66
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप १८८८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ५ सय ८, भक्तपुरमा १३१ र ललितपुरमा २४९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

योसँगै नेपालमा पछिल्लो २४ घण्टामा देशभर ३ हजार ५१७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ।

शुक्रबार थप १६ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोरोना संक्रमित मृतकको संख्या ९ सय २० पुगेको छ ।


  •  
  •  
  •