काठमाडौं उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना संक्रमण

121
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप एक हजार ६९८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्वर गौतमले पछिल्लो २४ घण्टायता काठमाडौंमा एक हजार ४६९, भक्तपुरमा ९९ र ललितपुरमा १३० कोरोना संक्रमित थपिएका बताए ।
यसअघि शनिबार काठमाडौंमा एक हजार ४५१ , भक्तपुरमा १४३ र ललितपुरमा १५२ गरी १७४६ कोरोना संक्रमित थपिएका थिए ।
योसँगै देशभर दुई हजार ९४२ कोरोना संक्रमित थपिएका छन् ।


  •  
  •  
  •