नेपालमा थप ४३९२ जनामा कोरोना संक्रमण, ३५२२ जना डिस्चार्ज

७७ को भेन्टिलेटर, ३१५ काे आईसीयूमा राखेर उपचार
83
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप चार हजार ३९२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता देशभर चार हजार ३९२ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । यससँगै कुल संक्रमितको संख्या एक लाख २६ हजार १३७ पुगेको छ ।

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ३८२ रहेको छ । पछिल्लो २४ घण्टामा तीन हजार ५२२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८८ हजार ४० जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ८ प्रतिशत रहेको छ ।

शुक्रबार देशभरका प्रयोगशालाहरुमा १६ हजार ५३१ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ५४ हजार १६७ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३६ जना र होम आइसोलेसनमा २५ हजार ४६ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८०८ जना क्‍वारेन्टिनमा रहेका छन् । देशभर ७७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१५ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।यसअघि बिहीबार थप तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने तीन हजार ५६४ जना डिस्चार्ज भएका थिए । थप १९ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •