कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ९२ लाख नाघ्यो, ११ लाख ३ हजारको मृत्यु

२ करोड ९४ लाख संक्रमणमुक्त, ८७ लाख सक्रिय संक्रमित
64
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ९२ लाख २८ हजार ९०१ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या ११ लाख ३ हजार ७०८ पुगेको छ । विश्वभर २ करोड ९४ लाख ९ हजार ००४ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८७ लाख १६ हजार १८९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ८२ लाख १९ हजार ८८ जना पुगेको छ । २ लाख २२ हजार ७५४ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५३ लाख २० हजार ३८६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ७५ हजार ९४८ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७२ हजार ३९४ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १२ हजार २१४ पुगेको छ । ६४ लाख ५३ हजार ५४ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ७ हजार १२६ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५१ लाख ७० हजार ९९६ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५२ हजार ५१३ को मृत्यु भएको छ । ४५ लाख ९९ हजार ४४६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख १९ हजार ३७ जना रहेका छन् ।

रुसमा १३ लाख ६९ हजार ३१३  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २३ हजार ७२३ जनाको मृत्यु भएको छ । १० लाख ५६ हजार ५८२  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ८९ हजार ८ जना रहेका छन् ।

स्पेनमा ९ लाख ७२ हजार ९५८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार ४१३ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ९ लाख ४९ हजार ६३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २५ हजार ३४२ जनाको मृत्यु भएको छ । ७ लाख ६४ हजार ८५९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५८ हजार ८६२ जना रहेका छन् ।


  •  
  •  
  •