कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

  Tweet काठमाडौं । नेपालमा बिहीबार थप १९ जनाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता थप १९ जनाको मृत्यु भएको हो । यससँगै मुलुकमा हालसम्म कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ६९४ पुगेको छ। यसअघि बुधबार थप १२ जनाको मृत्यु भएको थियो ।   Tweet