काठमाडौं उपत्यकामा थप १९३५ जनामा कोरोना संक्रमण

73
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा बिहीबार थप १९३५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १६९२ जना, भक्तपुरमा १३४ जना र ललितपुरमा १०८ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

यसअघि बुधबार उपत्यकामा १४ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । बिहीबार नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ३५६४ डिस्चार्ज भएका छन् ।


  •  
  •  
  •