नेपालमा थप ३७४९ जनामा कोरोना संक्रमण, ३५६४ डिस्चार्ज

६८ को भेन्टिलेटर र ३१४ जना आईसीयूमा राखेर उपचार
66
  •  
  •  
  •  

काठमाडौं । नेपालमा बिहीबार थप तीन हजार ७४९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा देशभर तीन हजार ७४९ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए ।

योसँगै नेपालमा कुल संक्रमितको संख्या एक लाख २१ हजार ७४५ पुगेको छ । देशभर सक्रिय संक्रमितको संख्या ३६ हजार ५३३ रहेको छन् ।

 

पछिल्लो २४ घण्टामा तीन हजार ५६४ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । त्यसैगरी हालसम्म ८४ हजार ५१८ जना डिस्चार्ज भएका छन् । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव ४ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १६ हजार ५९८ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म १२ लाख ३७ हजार जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १२ हजार ३३९ जना र होम आइसोलेसनमा २४ हजार १९४ जना रहेका छन् । आजसम्म देशभर चार हजार ८२५ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६८ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३१४ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यसअघि बुधबार नेपालमा थप दुई हजार ६३८ जनामा कोरोना संक्रमण कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •