कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ८७ लाख नाघ्यो, १० लाख ९७ हजारको मृत्यु

66
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८७ लाख ५६ हजार २२४ पुगेकाे छ ।  वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ९७ हजार ००२ पुगेको छ ।

विश्वभर २ करोड ९१ लाख ३०  हजार ७१५ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८५ लाख २८ हजार ४९७ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ८१ लाख ५० हजार ४३ जना पुगेको छ । २ लाख २१ हजार ८४३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५२ लाख ७८ हजार ७५३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ४९ हजार ४४७  जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७३ लाख ७ हजार ९७ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ११ हजार ३११ पुगेको छ । ६३ लाख ८३ हजार ४४१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख १२ हजार ३४५ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५१ लाख ४१ हजार ४९८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५१ हजार ७७९ को मृत्यु भएको छ । ४५ लाख ६८ हजार ८१३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख २० हजार ९०६जना रहेका छन् ।

रुसमा १३ लाख ४० हजार ४०९  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २३ हजार २०५ जनाको मृत्यु भएको छ । १० लाख ३९ हजार ७०५  जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ७७ हजार ४९९ जना रहेका छन् ।

स्पेनमा ९ लाख ३७ हजार ३११ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार ४१३ जनाको मृत्यु भएको छ ।

अर्जेन्टिना ९ लाख ३१ हजार ९६७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २४ हजार ९२१ जनाको मृत्यु भएको छ । ७ लाख ५१ हजार १४७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या १ लाख ५५ हजार ९०० जना रहेका छन् ।

 


  •  
  •  
  •