कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ८३ लाख नाघ्यो, १० लाख ९० हजारको मृत्यु

२ करोड ८८ लाख संक्रमणमुक्त , ८४ लाख सक्रिय संक्रमित
60
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८३ लाख ७३ हजार १३८ पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ९० हजार ९६२ पुगेको छ ।

 

विश्वभर २ करोड ८८ लाख ५५  हजार १५७ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८४ लाख २७ हजार ०१९ जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ८० लाख ९० हजार २५३ जना पुगेको छ । २ लाख २० हजार ८७३ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५२ लाख २६ हजार ४२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ४२ हजार ९५३  जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७२ लाख ३९ हजार ३८९ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख १० हजार ६१७ पुगेको छ । ६३ लाख १ हजार ९२७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख २६ हजार ८४५ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५१ लाख १४ हजार ८२३ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५१ हजार ६३ को मृत्यु भएको छ । ४५ लाख २६ हजार ९७५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ३६ हजार ७८५ जना रहेका छन् ।

रुसमा १३ लाख २६  हजार १७८  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २२ हजार ९६६ जनाको मृत्यु भएको छ । १० लाख ३१ हजार ७८५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ७१ हजार ४२७ जना रहेका छन् ।

स्पेनमा ९ लाख २५ हजार ३४१ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये ३३ हजार २०४ जनाको मृत्यु भएको छ ।

काेलम्बीया ९ लाख २४ हजार ९८ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २८ हजार १४१जनाको मृत्यु भएको छ । ८ लाख ६ हजार ७०३ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८९ हजार २५४ जना रहेका छन् ।

 


  •  
  •  
  •