काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि

76
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा थप २१२९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा १७४६ जना, भक्तपुरमा १६७ जना र ललितपुरमा २१६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा थप तीन हजार ५५६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

यसअघि सोमबार काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •