कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ८० लाख नाघ्यो, १० लाख ८५ हजारको मृत्यु

96
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ८० लाख ५३ हजार ६९० पुगेकाे छ । वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ८५ हजार ५५५ पुगेको छ । विश्वभर २ करोड ८६ लाख १०  हजार २९५ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८३ लाख ५७ हजार ८४० जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ८० लाख ३७ हजार ७८९ जना पुगेको छ । २ लाख २० हजार ११ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५१ लाख ८४ हजार ६१५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ३३ हजार १६३ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख ७७  हजार ७८३ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार ९१७ पुगेको छ । ६२ लाख २७ हजार २९५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ४० हजार ५७१ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५१ लाख ०३ हजार ४०८ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५० हजार ७०९ को मृत्यु भएको छ । ४४ लाख ९५ हजार २६९ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ५७ हजार ४३० जना रहेका छन् ।

रुसमा १३ लाख १२  हजार ३१०  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २२ हजार ७२२ जनाको मृत्यु भएको छ । १० लाख २४ हजार २३५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ६५ हजार ३५३ जना रहेका छन् ।

काेलम्बीया ९ लाख १९ हजार ०८३ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार ९८५ जनाको मृत्यु भएको छ । ७ लाख ९८ हजार ३९६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९२ हजार ७०२ जना रहेका छन् ।

 


  •  
  •  
  •