कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु

84
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना भाइरस संक्रमणबाट थप ९ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टायता कोरोना संक्रमणबाट थप ९ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा दुई महिला र सात पुरुष रहेका छन् । यसअघि आइतबार देशभर कोरोना संक्रमणबाट २२ जनाको मृत्यु भएको थियो । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ६४५ पुगेको छ । यो कुल संक्रमितको संख्याको शून्य दशमलव ५८ प्रतिशत हो ।


  •  
  •  
  •