काठमाडौं उपत्यकामा थप दुई हजार २८३ जनामा कोरोना संक्रमण

78
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा सोमबार थप दुई हजार २८३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा. जागेश्वर गौतमले २४ घण्टायता काठमाडौंमा १८८८, ललितपुरमा २७७ र भक्तपुरमा ११८ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । जसअनुसार काठमाडौंमा ७५५ महिला र ११३३ पुरुष, ललितपुरमा १२६ महिला र १५१ पुरुष र भक्तपुरमा ५४ महिला र ६४ पुरुष रहेका छन् ।

यसअघि आइतबार काठमाडौंमा ११४५ , ललितपुरमा १६१ र भक्तपुरमा ११० गरी एक हजार ४१६ कोरोना संक्रमित थपिएका थिए ।


  •  
  •  
  •