नेपालमा थप ४०४७ जनामा कोरोना संक्रमण, १४७३ जना डिस्चार्ज(हेर्नुहोस् कहाँ, कति संक्रमित ?)

६७ को भेन्टिलेटर, २७९ जनाकाे आईसीयूमा राखेर उपचार
313
  •  
  •  
  •  

काठमाडौं । नेपालमा थप चार हजार ४७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टामा थप चार हजार ४७ जनामा कोरोना संक्रमण भएको पुष्टि गरे ।

हाल देशभर सक्रिय संक्रमितको संख्या ३३ हजार ८८० रहेको छ। पछिल्लो २४ घण्टामा एक हजार ४७३ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै हाल डिस्चार्ज हुनेको संख्या ७७ हजार २७७ जना पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ६९ दशमलव १ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १४ हजार ५३० जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ९१ हजार ५१४ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका संस्थागत आइसोलेसन १३ हजार ९२३ जना र होम आइसोलेसनमा १९ हजार ९५७ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ८३१ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ६७ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर २७९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ ।

यससँगै कुल संक्रमितको संख्या एक लाख ११ हजार ८०२ पुगेको छ । यसअघि आइतबार देशभर दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने एक हजार ५५२ जना डिस्चार्ज भएका थिए । त्यसैगरी आइतबार देशभर २२ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •