कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो, १० लाख ७७ हजारको मृत्यु

100
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७७ लाख ५६ हजार ५५९ पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ८१ हजार ५२८ पुगेको छ । विश्वभर २ करोड ८३ लाख ६१  हजार ७११ जना उपचारपछि निको भएका छन् ।  हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८३ लाख १३ हजार ३२० जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७९ लाख ९१ हजार ९९८८ जना पुगेको छ । २ लाख १९ हजार ६९५ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५१ लाख २८ हजार १६२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ४४ हजार १४१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७१ लाख २०  हजार ५३८ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ९ हजार १८४ पुगेको छ । ६१ लाख ४९ हजार ५३५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ६१ हजार ८१९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५० लाख ९४ हजार ९७९ जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५० हजार ५०६ को मृत्यु भएको छ । ४४ लाख ७० हजार १६५ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ८४ हजार ३०८ जना रहेका छन् ।

रुसमा १२ लाख ९८  हजार ७१८  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २२ हजार ५९७ जनाको मृत्यु भएको छ । १० लाख २० हजार ४४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ५५ हजार ६७९ जना रहेका छन् ।

काेलम्बीया ९ लाख ११ हजार ३१६ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार ८३४ जनाको मृत्यु भएको छ । ७ लाख ८९ हजार ७८७ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९३ हजार ६९५ जना रहेका छन् ।

 


  •  
  •  
  •