शिक्षामन्त्रीलाई कोरोना भाइरस संक्रमण पुष्टि

125
  •  
  •  
  •  

काठमाडौं । शिक्षा विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेललाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

शनिबार स्वास्थ्यमा गडबडी आएर पाटन अस्पताल भर्ना भएका उनलाई आइतबार संक्रमण पुष्टि भएको हो।

पोखरेलका प्रेस संयोजक सुनिल खड्काले आजै उनमा संक्रण पुष्टि भएको जानकारी दिए। ‘हिजो पाटन अस्पताल भर्ना हुनुभएको थियो। हिजो स्वाब दिएकोमा आज पुष्टि भएको हो,’ उनले भने।

खड्काले पोखरेलको स्वास्थ्यवस्था सामान्य रहेको जनाएका छन् । पोखरेलको अहिले पाटन अस्पतालमा उपचार भइरहेको छ । मन्त्रीलाई कोरोना देखिएपछि उहाँको परिवार र सचिवालयका कर्मचारीको पनि परीक्षण हुँदैछ ।

यसअघि पर्यटन मन्त्री योगश भट्टराईलाई पनि शनिवार संक्रमण भएको पुष्टि भएको थियो।

 


  •  
  •  
  •