काठमाडौं उपत्यकामा थप १४१६ जनामा कोरोना संक्रमण

100
  •  
  •  
  •  

काठमाडौं । काठमाडौं उपत्यकामा आइतबार थप १४१६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकाका जिल्लाहरू काठमाडौंमा ११४५ जना, भक्तपुरमा ११० जना र ललितपुरमा १६१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
योसँगै आइतबार थप २०७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

यसअघि शनिबार उपत्यकामा थप २६७२ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।


  •  
  •  
  •