नेपालमा थप २०७१ जनामा कोरोना संक्रमण, १५५२ जना डिस्चार्ज(कहाँ,कति संक्रमित ?)

82
  •  
  •  
  •  

काठमाडौं । नेपालमा आइतबार थप दुई हजार ७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा प्रवक्ता डा.जागेश्‍वर गौतमले पछिल्लो २४ घण्टायता थप दुई हजार ७१ जनामा कोरोना संक्रमण पुष्टि भएको बताए । योसँगै हाल कुल संक्रमितको संख्या एक लाख ७ हजार ७५५ पुगेको छ ।

देशभर आजसम्म सक्रिय संक्रमितको संख्या ३१ हजार ३१५ रहेका छन् । आइतबार थप एक हजार ५५२ जना देशभरका विभिन्‍न अस्पतालबाट डिस्चार्ज भएका छन् । योसँगै डिस्चार्ज हुनेको संख्या ७५ हजार ८०४ पुगेको छ । हालसम्म डिस्चार्ज हुने दर ७० दशमलव ३ प्रतिशत रहेको छ ।

पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालाहरुमा १२ हजार ४२७ जनाको पीसीआर परीक्षण गरिएको छ । आजसम्म ११ लाख ७६ हजार ९८४ जनाको पीसीआर परीक्षण गरिएको छ ।

देशभरका संस्थागत आइसोलेसन १३ हजार ६४९ जना र होम आइसोलेसनमा १७ हजार ६६६ जना रहेका छन् । आजसम्म देशभर ४ हजार ६१३ जना क्‍वारेन्टिनमा रहेका छन् ।

देशभर ७६ जनाको भेन्टिलेटरमा उपचार भइरहको छ । देशभर ३२९ जना आईसीयूमा राखेर उपचार भइरहेको छ । यसअघि शनिबार एकैदिन पाँच हजार ८ कोरोनामा कोरोना संक्रमण पुष्टि भएको थियो भने थप १४ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •