कोभिड-१९(अपडेट): संक्रमितको संख्या ३ करोड ७४ लाख नाघ्यो, १० लाख ७७ हजारको मृत्यु

२ करोड ८१ लाखबढी संक्रमणमुक्त, ८२ लाखबढी सक्रिय संक्रमित
111
  •  
  •  
  •  

काठमाडौं । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस संक्रमितको संख्या ३ करोड ७४ लाख ८२ हजार ३१२पुगेकाे छ ।

वर्ल्डोमीटरका अनुसार कोभिड–१९ बाट ज्यान गुमाउने संख्या १० लाख ७७ हजार ७२० पुगेको छ । विश्वभर २ करोड ८१ लाख ३७  हजार २७२ जना उपचारपछि निको भएका छन् । हाल विश्वभर सक्रिय संक्रमितको संख्या ८२ लाख ६७ हजार ३२० जना रहेका छन् ।

सबैभन्दा बढी प्रभावित भएको अमेरिकामा कुल संक्रमित ७९ लाख ४५ हजार ५०५ जना पुगेको छ । २ लाख १९ हजार २८२ जनाको कोरोना संक्रमणबाट ज्यान गएको छ । संक्रमितमध्ये ५० लाख ८९ हजार ८४२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २६ लाख ३६ हजार ३८१ जना रहेका छन् ।

कोरोना भाइरस संक्रमित देशहरुमध्ये भारत दाेस्रो स्थानमा रहेको छ । भारतमा कोरोना संक्रमितको संख्या ७० लाख ५३  हजार ८०६ पुगेको छ । भारतमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १ लाख ८ हजार ३७१ पुगेको छ । ६० लाख ७७ हजार ९७६ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ८ लाख ६७ हजार ४५९ जना रहेका छन् ।

संक्रमितको संख्यामा ब्राजिल तेस्रो स्थानमा छ । त्यहाँ ५० लाख ९१ हजार ८४० जना संक्रमित भएका छन् । त्यसमध्ये १ लाख ५० हजार २३६ को मृत्यु भएको छ । ४४ लाख ५३ हजार ७२२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ४ लाख ८७ हजार ८८२ जना रहेका छन् ।

रुसमा १२ लाख ८५  हजार ८४  जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २२ हजार ४५४ जनाको मृत्यु भएको छ । १० लाख १६ हजार २०२ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या २ लाख ४६ हजार ४२८ जना रहेका छन् ।

काेलम्बीया ९ लाख २ हजार ७४७ जनामा संक्रमण देखिएको छ । त्यसमध्ये २७ हजार ६६० जनाको मृत्यु भएको छ । ७ लाख ८३ हजार १३१ जना उपचारपछि निको भएका छन् । सक्रिय संक्रमितको संख्या ९१ हजार ९५६ जना रहेका छन् ।

 

 


  •  
  •  
  •