कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु

102
  •  
  •  
  •  

काठमाडौं । नेपालमा कोरोना संक्रमणबाट थप १० जनाको मृत्यु भएको छ। पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा एक जना महिला र ९ जना पुरुष रहेका छन्।

मृत्यु हुनेमा झापामा २९  र ५२ वर्षीय, सुनसरीमा ४६,५२ र ६८ वर्षीय, ललितपुरमा ८४ वर्षीय, रुपन्देहीमा ४७ र ८४ तथा काठमाडौंमा ७१ वर्षीय पुरुष तथा ८७ वर्षीया एक महिलाको पनि मृत्यु भएको छ।

यससँगै नेपामा कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको छ। यसअघि शुक्रबार कोरोना संक्रमणबाट थप १२ जनाको मृत्यु भएको थियो ।


  •  
  •  
  •